निर्माण, खानी र उत्खनन, उत्पादन र सुरुङ निर्माण जस्ता केही उद्योगहरूमा काम गर्नाले खतरनाक धूलो (सिलिका धूलोसहित), धूवाँ, ग्यास, वाष्पहरू सासबाट लिने तपाईंको जोखिम बढ्न सक्छ ।
तपाईंको डाक्टरसँग तपाईंको कार्यस्थल र त्यहाँका प्रदुषित पदार्थहरूसँग तपाईंको सम्पर्कका बारेमा छलफल गर्नु महत्त्वपूर्ण हुन्छ । यदि तपाईंले कुनै लक्षणहरू अनुभव गरिरहनु भएको छैन भने पनि तपाईंको डाक्टर तपाईं कहाँ काम गर्नुहुन्छ भन्नेबारे सचेत हुनुपर्दछ, किनकि रोगको विकास हुन लामो समय लाग्न सक्छ ।
यो जाँचसूची तपाईंको डाक्टरसँग यो महत्त्वपूर्ण जानकारी साझा गर्न तपाईंको अपोइन्टमेन्टको लागि तयारी गर्न मद्दत गर्ने मार्गनिर्देशन हो ।
Was this page helpful?
Good job! Please give your positive feedback
How could we improve this post? Please Help us.